नेपाली सेनाको प्रवक्तामा सहायक रथी गौरवकुमार केसी

हिमाल प्रेस २९ चैत २०८० १४:४९ | Thursday, April 11, 2024
नेपाली सेनाको प्रवक्तामा सहायक रथी गौरवकुमार केसी जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले पाएका छन्। पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो।

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गी अड्डास्थित सैनिक अभिलेखालयमा सरुवा भएको छ। उनले केही दिनमा सहायक रथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नेछन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना २० चैत २०५८ मा भएको हो।

प्रकाशित: २९ चैत २०८० १४:४९ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast