 इन्दिरा रानामगर।  फाइल तस्बिर।
                             इन्दिरा रानामगर।  फाइल तस्बिर।
                                            काठमाडौँ- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपाली खानालाई अन्तर्राष्ट्रियरूपमा ‘ब्राण्डिङ’ गर्नुपर्ने बताएकी छन्।
रेस्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेवान) को ३४औँ वार्षिक साधारणसभा तथा ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा उनले नेपाली खानामा विविधता रहेकाले अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न छुट्टै ‘ब्राण्डिङ’ गर्नुपर्ने बताएकी हुन्।
अन्तर्राष्ट्रिय पर्यटनमा नेपाली जनशक्तिको उच्च माग रहेकाले रेस्टुरेन्ट एण्ड बारले दक्ष जनशक्ति उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्ने उनको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि रेवानले खेलेको भूमिका सह्रानीय रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले पछिल्लो समय नेपाली रेस्टुरेन्टमा गएर खाने संस्कृतिको विकास हुँदै गएको बताए।
रेवानका वरिष्ठ उपाध्यक्ष संघर्ष विष्टले रेवानले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि काठमाडौँ, पोखरा, सौराह, बन्दीपुरलगायतका पर्यटकीय क्षेत्रमा सडक महोत्सव आयोजना गरिरहेको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 