नेकपा एकीकृत समाजवादीमाथि ओलीको टिप्पणी : कम्युनिस्टको साइनबोर्ड राखेर काम कांग्रेसको गर्‍यो

हिमाल प्रेस ३ वैशाख २०८१ १३:२५ | Monday, April 15, 2024
नेकपा एकीकृत समाजवादीमाथि ओलीको टिप्पणी : कम्युनिस्टको साइनबोर्ड राखेर काम कांग्रेसको गर्‍यो

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीको चरित्र सही नभएको भन्दै टिप्पणी गरेका छन्। संसद् भवनको ल्होत्से हलमा भएको संसदीय दलको सोमबारको बैठकमा ओलीले नेकपा एकीकृत समाजवादीले कम्युनिष्ट पार्टीको साइनबोर्ड राखेर काम चाहिँ कांग्रेसको पक्षमा गरेको टिप्पणी गरेका हुन्।

ओलीको यो आक्रोश सुदूरपश्चिम प्रदेश सरकार गठनमा कांग्रेससहितको गठबन्धनलाई साथ दिएको प्रति हो। ‘विपक्षीहरूको आशा पलाउने गरी र जनतामा केही मात्रामा भए पनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो,’ ओलीले बैठकमा भने, ‘दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो। यसले फरक पार्नेवाला छैन। यता सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीति देखायो। कम्युनिष्टको साइनबोर्ड राखेर काम कांग्रेसको गर्‍यो।’

आन्तरिक रूपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको उनले भनाइ छ। त्यस्तै अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा पनि सांसदहरूको नाम जोडिएको भन्दै त्यसमा नसफस्नका लागि पनि पार्टीका सांसदहरूले सावधानी अपनाउनुपर्ने बताए ।

प्रकाशित: ३ वैशाख २०८१ १३:२५ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast