निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित

हिमाल प्रेस ५ वैशाख २०८१ ९:११ | Wednesday, April 17, 2024
निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित

गोरखा- जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन्।

गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन संघ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी एक हजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएका गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए।

शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उनले बताए।

पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको अधिकृत अर्यालले बताए। शिविरमा ९ सय १७ जनालाई औषधि तथा ७८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो।

प्रकाशित: ५ वैशाख २०८१ ९:११ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast