दूधकोशीमा पौडी खेल्दा दुईजनाको ज्यान गयो

हिमाल प्रेस २९ चैत २०८० ९:४४ | Thursday, April 11, 2024
दूधकोशीमा पौडी खेल्दा दुईजनाको ज्यान गयो प्रतीकात्मक तस्बिर।

काठमाडौँ– भोजपुरको आमचौक गाउँपालिका–१० स्थित दूधकोशी नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधबार दिउँसो करिब १ बजेतिर दूधकोशी नदीमा पौडी खेल्ने क्रममा आमचोक–६ देवानटारका २० वर्षीय सुदीप दर्जी र १८ वर्षीय अजय राईको डुबेर मृत्यु भएको हो।

दर्जी ट्याक्सी चालक तथा राई सहचालक रहेको प्रहरीले जनाएको छ। दुवै शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

प्रकाशित: २९ चैत २०८० ९:४४ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast