‘दान्भी’ असार ७ मा प्रदर्शन हुने

हिमाल प्रेस १७ वैशाख २०८१ ११:३३ | Monday, April 29, 2024
‘दान्भी’ असार ७ मा प्रदर्शन हुने

काठमाडौँ – फिल्म ‘दान्भी’ आगामी असार ७ गते प्रदर्शन हुने भएको छ। यसअघि आगामी जेठ १० गते प्रदर्शन गर्ने निर्माण टिमको तयारी थियो। टिमले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै अब असार ७ गते प्रदर्शन हुने घोषणा गरेको छ।

प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघसँगको छलफलपछि निर्माताले फिल्म असार ७ गते प्रदर्शन गर्ने निर्णय गरेको हो।

फिल्मको प्रदर्शन सरेपछि अभिनेत्री पूजा शर्माले फेसबुकमा लेखेकी छन्, ‘एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निर्णय गरेका छौं।’ उनले जेठ १० गते रिलिज हुन लागेका दुई फिल्मलाई सफलताको शुभकामना पनि दिएकी छन्।

अब जेठमा ‘पूजार सार्की’ र ‘फर्की फर्की’ बीच प्रतिस्पर्धा हुनेछ। पूजा पहिलोपटक यही फिल्मबाट एक्सन भूमिकामा प्रस्तुत भएकी छन्। रुपेश तामाङको निर्देशन रहेको फिल्ममा अभिनेता कुन्साङ बोमजम, किरण श्रेष्ठलगायत कलाकारको अभिनय छ।

हरि घलेको छायांकन, निर्देशन श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादनमा बनेको फिल्म अर्जुन पोखरेल, नरेश जोगी र केदारराज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी छ।

देव मगर र अनुप गडाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन्। सह(निर्मातामा कमला लिम्बू, पन्चबहादुर तामाङ र आदर्श पौडेल छन्।

प्रकाशित: १७ वैशाख २०८१ ११:३३ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast