तीन दर्जन बढी युवालाई पार्टीमा स्वागत गर्दै बाबुरामले के भने?

हिमाल प्रेस १७ वैशाख २०८१ १९:०४ | Monday, April 29, 2024
तीन दर्जन बढी युवालाई पार्टीमा स्वागत गर्दै बाबुरामले के भने?

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको वैकल्पिक शक्ति नेपाल समाजवादी पार्टी (नेसपा) मा मानिसहरूको आकर्षण बढ्दै गएको छ। यो पार्टीमा पछिल्लो समय विभिन्न पार्टीका कार्यकर्ता, समाजका लब्धप्रतिष्ठित तथा स्वतन्त्र मानिसहरू प्रवेश गरेका छन्।

यतिबेला नेसपा पार्टी संगठन निर्माण तथा विस्तार अभियानमा लागेको छ। सोही सिलसिलामा आज (वैशाख १७ गते) विराटनगरमा ‘नेसपा १ नं प्रदेशको अभिमुखीकरण कार्यक्रम’ मार्फत तीन दर्जन बढी मानिसहरू प्रवेश गरेका छन्।

उनीहरू सबैलाई नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराई हार्दिक स्वागत गरे। डा.भट्टराईले उनीहरू सबैलाई पार्टीको संगठन विस्तारमा लाग्न आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले देशमा अग्रगामी वैकल्पिक शक्तिको रूपमा नयाँ समाजवादी विकल्प निर्माण गर्ने सन्दर्भमा अहिले भइरहेका बहसलाई व्यक्तिगत लाभहानी, रिसइवी, धोकाधडीको रूपमा होइन त्यसमा अन्तरनिहीत विचार, राजनीति, संगठन, संस्कारको बहसको रूपमा बुझ्नुपर्ने बताए।

पुरानै गाडीलाई डेन्टिङपेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन सहितको नयाँ गाडी बनाउने भन्ने मुख्य बहस भएको उनको भनाइ थियो। साथै अगुल्टो ठोसेर नै आगो बल्छ भन्ने स्मरण गर्नुपर्ने बताउँदै एकता, संघर्ष र रूपान्तरणको विधि अनुशरण गर्न बिर्सन नहुने बताए।

प्रकाशित: १७ वैशाख २०८१ १९:०४ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast