मोरङको सुन्दरहरैँचा नगरपालिका चन्द्रनगरस्थित पाथिभरा मन्दिरमा नयाँ वर्ष २०८१ का अवसरमा शनिबार पूजाअर्चना गर्न आएका भक्तजन।
काठमाडौँ– आज वैशाख १ गते घामको उज्यालो किरणसँगै विक्रम संवत्को नयाँ वर्ष २०८१ आरम्भ भएको छ। यतिबेला प्रकृति आकर्षक देखिएको छ। बगैँचामा ढकमक्क फुलेका फूलको सौन्दर्यमा जोकोही पनि मन्त्रमुग्ध भएका छन्। नयाँ वर्षको अवसरमा देशका विभिन्न ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। नयाँ वर्ष मठमन्दिरमा पूजाअर्चना गर्ने, मीठामीठा खानेकुरा परिवारसँग बसेर खाने, नाचगान र घुमफिर गरेर मनाइने चलन छ।
हेराैँ तस्बिरहरू






सबै तस्बिर रासस
प्रकाशित: १ वैशाख २०८१ १६:२० | Saturday, April 13, 2024
प्रतिक्रिया




