 
                             
                                            काठमाडौँ- डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँ सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सुन र नगदसहित पक्राउ गरेको हो।
उनीहरू काठमाडौं महानगरपालिका- २४ दुछेंननी टोलबाट पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तिहरूबाट १ किलो ७ सय ६८ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा दार्चुला महाकाली नगरपालिका- टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु र आयुष बडु, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल रहेका छन्।
यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टेलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।
                            प्रकाशित: १४ वैशाख  २०८१ १२:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 