डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

हिमाल प्रेस ६ वैशाख २०८१ १२:३२ | Thursday, April 18, 2024
डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौँ– डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

शाक्यलाई २०७९ चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले मनोनयका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ६ वैशाख २०८१ १२:३२ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast