काठमाडौँ – रुपन्देहीको एक सामुदायिक वनमा डढेलो निभाउन गएको दमकल नै डढेलोमा परेर जलेको छ। आज बुधवार दिउँसो तिलोत्तमा नगरपालिका वडा नम्बर ८ गणेशनगरको जङ्गलमा डढेलो लागेको थियो।
त्यसपछि प्राप्त सूचनाका आधारमा नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल डढेलो निभाउन गएको थियो। आगो निभाउन गएको दमकल नै आगोमा परेको हो।
नगरपालिकाका सूचना अधिकारी माधव पोखरेलले आगलागीबाट दमकलको अगाडिको भाग पुरै जलेको बताए। उनले कति क्षति भयो भनेर आँकलन गर्ने काम भइरहेको जानकारी दिए।
चालक भने भागेर ज्यान जोगाएका छन्।
प्रकाशित: १२ वैशाख २०८१ १७:४६ | Wednesday, April 24, 2024
प्रतिक्रिया




