जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने 

हिमाल प्रेस १६ वैशाख २०८१ १०:०८ | Sunday, April 28, 2024
जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने 

काठमाडौँ- जापानकी परराष्ट्रमन्त्री याको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छन्। जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री कामीकावाको भ्रमण घोषणा गरेको हो।

‘परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र नेपालको भ्रमण गर्नुहुनेछ’, परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ।

६ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताएकी थिइन्।

प्रकाशित: १६ वैशाख २०८१ १०:०८ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast