जमानत जफतपछि उपनिर्वाचनकाे गहन समीक्षा गर्दै रास्वपा

हिमाल प्रेस १८ वैशाख २०८१ १२:०५ | Tuesday, April 30, 2024
जमानत जफतपछि उपनिर्वाचनकाे गहन समीक्षा गर्दै रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको गहन समीक्षा गर्ने बताएको छ। आफ्ना उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएपछि रास्वपाले पार्टीको आगामी केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको गहन समीक्षा गर्ने बताएको हो।

‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं। निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ। सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ’,मंगलबार  महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्।

रास्वपाले इलाम–२ बाट निर्वाचित नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिँदै जनअपेक्षाअनुरुप काम गर्न शुभकामना दिएको छ।

त्यसैगरी रास्वपाले आफ्ना उम्मेदवार लिम्बूलाई मत लिने मतदातालाई कृतज्ञता र आभार प्रकट गरेको छ। रास्वपाले विज्ञप्तिमा भनेको छ,‘नतिजा हाम्रो अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौँ।’

नेकपा एमालेका सुहाङ नेम्वाङले २७,७७२ (निर्वाचित) नेपाली कांग्रेसका डम्बर खड्का २१,९४२, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११,४५७ र रास्वपाका मिलन लिम्बूले ५,०५० मत ल्याएका छन्।

प्रकाशित: १८ वैशाख २०८१ १२:०५ | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast