चौथो दिनमा ‘बोक्सीको घर’ले कति कमायाे?

हिमाल प्रेस १८ वैशाख २०८१ १४:३४ | Tuesday, April 30, 2024
चौथो दिनमा ‘बोक्सीको घर’ले कति कमायाे?

काठमाडौँ- गत शुक्रबारदेखि प्रदर्शनत फिल्म ‘बोक्सीको घर’ चौथो दिनमा ३ करोड २४ लाख ग्रस कलेक्सन गरेको वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिए। फिल्मले आइतबार २ करोड ३० लाख ग्रस कलेक्सन गरेको निर्माण टिमले दाबी गरेकाे थियो। फिल्मले आइतबार र सोमबार ९४ लाख ग्रस कलेक्सन गरेकाे  छ।

दर्शकबाट मिलेको राम्रो वर्डअफ माउथको प्रभाव बक्सअफिस कलेक्सन राम्रो देखिएको वितरक श्रेष्ठले बताए। ट्रेलर र टिजर रिलिज हुँदा सकारात्मक प्रतिक्रिया बटुलेको यो फिल्मको ‘बुझिन मैले’ बोलकाे प्रचार गीतले निकै चर्चा बटुलेकाे थियो।

फिल्म हेरेपछि दर्शकले कलाकार अभिनेत्री केकी अधिकारी र बाल कलाकार सुपला सापकोटाको अभिनय अत्याधिक रुचाएका छन्। फिल्ममा अन्य कलाकार सुलक्षण भारती, स्वेच्छा राउत, रमा थपलियालगायतको अभिनय छ। समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा केकी अधिकारी छन्।

नाट्य निर्देशक सुलक्षण भारतीको डेब्यू निर्देशन रहेको फिल्मको कथा उनले नै लेखेका हुन्।

प्रकाशित: १८ वैशाख २०८१ १४:३४ | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast