गर्मीले बेहोस भए महाकुम्भ मेला भर्न गएका चार दर्शनार्थी

हिमाल प्रेस २ वैशाख २०८१ २०:२७ | Sunday, April 14, 2024
गर्मीले बेहोस भए महाकुम्भ मेला भर्न गएका चार दर्शनार्थी

काठमाडौँ- सुनसरीको बराहक्षेत्र नगरपालिका-१, पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा गर्मीका कारण चार जना बेहोस भएका छन्। बेहोस भएका उनीहरूलाई सशस्त्र प्रहरीले तत्कालै उद्धार गरी उपचारको लागि अस्पताल पठाएको छ।

बेहोस हुनेहरूमा बराहक्षेत्र नगरपालिका-१० की ३० वर्षीया रिना पोख्रेल, काठमाडौँ महानगरपालिका-३२, कोटेश्वरका ४५ वर्षीय अच्युत चौलागाई, उदयपुरकी ५६ वर्षीया मन्जु खतिवडा र सर्लाही जिल्लाका ५० वर्षीय सन्तोष त्रिपाठी रहेका छन्।

मेलामा जाने क्रममा उनीहरू अचानक बेहोस भएपछि सुरक्षा बेस चतराबाट खटिएको ११ जनाको विपद् उद्धार टिमले उद्धार गरेको हो। उनीहरुको सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्थायी स्वास्थ्य शिविरमा प्राथमिक उपचार गरी थप उपचारका लागि चतरा अस्पताल पठाएको हो।

गत चैत २७ बाट वैशाख २८ गतेसम्म सञ्चालन भइरहेको महाकुम्भ मेलामा सशस्त्र प्रहरी बलले मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविरसहित विपद् उद्धार टिमसमेत परिचालन गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: २ वैशाख २०८१ २०:२७ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast