गण्डकी सरकारविरुद्ध अन्तरिम आदेश जारी, खगराज कामचलाउ

हिमाल प्रेस २८ चैत २०८० १८:०५ | Wednesday, April 10, 2024
गण्डकी सरकारविरुद्ध अन्तरिम आदेश जारी, खगराज कामचलाउ गण्डकी मुख्यमन्त्री कार्यालय

काठमाडौँ– सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजालसले गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिटमा अन्तरिम आदेश जारी गरिदिएको हो।

सभामुख कृष्णप्रसाद धितालसहितको समर्थन बुझाएर मुख्यमन्त्री बनेका एमालेका खगराज अधिकारी अन्तरिम आदेश जारी भएसँगै कामचलाउ सरकारको मुख्यमन्त्री बने। अन्तरिम आदेशमा मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने प्रकृतिका निर्णय नगर्न/नगराउन भनिएको छ। रिटलाई अग्राधिकार दिएर वैशाख १० गते पूर्ण सुनुवाइका लागि पेस गर्न पनि सर्वोच्चले अदालत प्रशासनलाई भनेको छ।

यस्तै वैशाख ७ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारी पक्षलाई सर्वोच्चले आदेश गरेको छ। यस्तै सर्वोच्चले मुख्यमन्त्रीमा अधिकारीलाई नियुक्त गर्दाका सम्पूर्ण कागजात पनि झिकाउने आदेश पनि गरेको छ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख भट्टले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई चैत २५ गते मुख्यमन्त्री नियुक्त गरेका थिए। एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएसँगै अधिकारीले माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई बिनाविभागीय मन्त्री बनाइसकेका छन्।

प्रकाशित: २८ चैत २०८० १८:०५ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast