गण्डकी प्रदेश : चुमान अर्थ र मनाङे भौतिक पूर्वाधार मन्त्री

हिमाल प्रेस ८ वैशाख २०८१ ११:०८ | Saturday, April 20, 2024
गण्डकी प्रदेश : चुमान अर्थ र मनाङे भौतिक पूर्वाधार मन्त्री बायाँबाट, भौतिक पूर्वाधार मन्त्री दीपक मनाङे र अर्थमन्त्री हरिबहादुर चुमान। तस्बिर : हिमाल प्रेस

पोखरा- गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन्।

नेकपा माओवादीका हरिबहादुर चुमान आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको जिम्मेवारी बाँडफाँट गरेको हो।

गत २५ चैतमा नेपालको संविधान १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफ्नो क्याबिनेटमा चुमान र मनाङे गरी ३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका थिए।

त्यसबेला सत्ताघटक माओवादी संसदीय दलका नेता चुमान र मनाङबाट स्वतन्त्र सांसद हैसियतमा चुनाव जितेका मनाङेलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका थिए।

तर प्रदेशसभा सभामुख कृष्णप्रसाद धिताललाई समेत गनेर मुख्यमन्त्रीमा नियुक्त अधिकारीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ।

सर्वोच्चमा विचाराधीन उक्त मुद्दाको पेसी १० वैशाखलाई तोकिएको छ ।

प्रकाशित: ८ वैशाख २०८१ ११:०८ | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast