‘खुस्मा’ असोज ३ मा प्रदर्शन, दोस्रो छायांकन सुरु

हिमाल प्रेस १४ वैशाख २०८१ १४:३० | Friday, April 26, 2024
‘खुस्मा’ असोज ३ मा प्रदर्शन, दोस्रो छायांकन सुरु

काठमाडौँ- फिल्म ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ। पहिलो छायांकन गतवर्ष माघमा मनाङमा भएकाे थियाे। फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु गरिएकाे हाे।

निर्देशक अशोक थापामगरले फिल्मको छायांकन रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए। फिल्म दिपक बज्राचार्यको छायांकन गरिरहेका छन्।  फिल्म मगर समुदायको परिवेश र जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेमकथामा आधारित छ।

साथै फिल्मकाे पाेस्टर सार्वजनिक गर्दै आगामी असोज ३ गते प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ। फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिकामा छन्। रुकुमको मैकोट अभिनेता धिरजको जन्मथलो पनि हो। उनी त्यहाँबाट २ वर्षको उमेरमा युके गएका थिए।

फिल्ममा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ।

एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक थापा मगर आफैँले लेखेका हुन्। फिल्मको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्।

मोहन राई कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्माता मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। फिल्मको गीतमा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको शब्द रहनेछ।

प्रकाशित: १४ वैशाख २०८१ १४:३० | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast