प्रतीकात्मक तस्बिर।
कैलाली- कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका–१० थेबर गाउँमा आज दिदीबहिनी मृत फेला परेका छन्।
स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताए।
प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिन्छ,दिदीले मुटु रोगको र बहिनीले डिप्रेसनको औषधी खाइरहेको बुझिएको छ,’ घटनास्थल पुगेका प्रहरी उपरीक्षक विष्टले भने,‘घटनाका सम्बन्धमा अनुसन्धान थालिएको छ।’
प्रकाशित: २७ चैत २०८० १३:२६ | Tuesday, April 9, 2024
प्रतिक्रिया





