कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

हिमाल प्रेस ८ वैशाख २०८१ १०:४३ | Saturday, April 20, 2024
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली- जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगंगा, शिवगंगा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न १७ करोड छ लाख रुपैयाँ बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ।

गौरीगंगा नगरपालिकास्थित कटैनी नदीमा दुई सय ८०, गौरीगंगा दुई सय ३०, शिवगंगा एक सय ६५ र कैलालीको घुराहा नदीमा एक सय ५० गरी आठ सय २५ मिटर तटबन्धका लागि तीन करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ।

बर्दगोरिगा गाउँपालिकाको काँडानदीमा तटबन्ध निर्माणका लागि पाँच करोड रुपैयाँको ठेक्का सम्झौता भई धमाधम काम भइरहेको डिभिजन प्रमुख अमरबहादुर पालले बताए।

कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि  नौ करोडको ठेक्का सम्झौता भई काम सुरु भएको छ। घोडाघोडी नगरपालिका–१० कठैया, ११ मग्रहवा र १२ को अम्बारीमा एक किलो १६ मिटर तटबन्ध निर्माणका काम सुरु भएको डिभिजन प्रमुख पालले बताए।

यसैगरी मोहन्याल गाउँपालिका–४ खिमडीस्थित ठूलीगाडमा सात सय ५६ मिटर तटबन्ध निर्माणका लागि चार करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। डिभिजन कार्यालयका प्रमुख पालले नौ महिना भित्र तटबन्धको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बताए।

प्रकाशित: ८ वैशाख २०८१ १०:४३ | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast