काठमाडौँ महानगरले देशका जुनसुकै स्थानका अशक्त र गरिबको निःशुल्क उपचार गरिदिने

हिमाल प्रेस १६ वैशाख २०८१ ११:०९ | Sunday, April 28, 2024
काठमाडौँ महानगरले देशका जुनसुकै स्थानका अशक्त र गरिबको निःशुल्क उपचार गरिदिने बालेन शाह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले देशका जुनसुकै स्थानका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गरिदिने भएको छ।

उपचारका लागि महानगरपालिकासँग ५२ अस्पतालका ३७४ बेड आबद्ध रहेको मेयर बालेन्द्र शाह (बालेन)ले जानकारी दिएका छन्। उक्त अस्पतालमा नेपालका जुनसुकै पालिकाका अशक्त र गरिबले निःशुल्क उपचार पाउने तर त्यसका लागि सम्बन्धित पालिकाबाट सो वर्ग प्रमाणितको सिफारिस ल्याउनुपर्ने मेयर शाहले बताएका छन्।

उनले आइतबार बिहान फेसबुकमार्फत भने,‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला। हामीसँग ५२ अस्पतालका ३७४ बेड आबद्ध छन्। त्यहाँ बिरामीको आवश्यकताअनुसार नि:शुल्क उपचार हुनेछ।’

उनले यस वर्गमा पर्ने आफ्ना टोल, छिमेक वा आफन्तबारे महानगरलाई जानकारी दिन पनि अनुरोध गरेका छन्। यसका लागि काठमाडौँ महानगरको स्वास्थ्य विभागको फोन नम्बर ११८० सम्पर्क गर्न सकिने उनले बताए।

प्रकाशित: १६ वैशाख २०८१ ११:०९ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast