 
                             
                                            काठमाडौँ- तीव्र गतिका बलर कमल सिंह ऐरीको ह्याट्रिकसँगै नेपाल ‘ए’ले पहिलो एक दिवसीय क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई १५७ रनमा अलआउट गरेको छ।
लामो समयपछि घाइतेबाट फर्किएका कमलले उत्कृष्ट कम ब्याक गरेका छन्।
उनले ६.३ ओभरमा २१ रन दिएर ४ विकेट हात पारेका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर सुरुवाती ब्याटिङ गरेको आयरल्यान्डले ३८.३ ओभरमा एक सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। आयरल्यान्डलाई रोक्न कमलसँगै मौसम ढकाल र सहाव अलामले २-२ विकेट लिए।
रिजन ढकालले १ विकेट हात पारे। आयरल्यान्ड ‘ए’ का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए। निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित ३९ रन बनाए।
आयरल्यान्डतरंफ ओपनर जेम्श म्याकुलम र स्टेफन डोहेनी १२-१२ रनमा आउट भए । पिटर मुरले २१ रन बनाए। अबको केही बेरमा दोस्रो इनिङ्सको खेल हुँदैछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 