कतारी राजा आउँदा बिदा दिएको विषयमा गृहमन्त्रीको प्रस्टीकरण : सिस्टम सच्याउन समय लाग्छ

हिमाल प्रेस ११ वैशाख २०८१ १०:१२ | Tuesday, April 23, 2024
कतारी राजा आउँदा बिदा दिएको विषयमा गृहमन्त्रीको प्रस्टीकरण : सिस्टम सच्याउन समय लाग्छ रवि लामिछाने

काठमाडौँ- कतारका राजा तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा सार्वजनिक बिदा दिएको विषयमा गृहमन्त्री रवि लामिछानेले प्रस्टीकरण दिएका छन्।

उनले बिदा दिने काम गलत भएको बताएका छन्। यतिबेला लामिछानेले केही वर्षअघि लेखेको स्टाटस भाइरल भइरहेको छ। उनले त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङ आउँदा बिदा दिएको विषयमा आलोचना गरेका थिए। उनले कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कूटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने भनाइ छ।

‘रिजल्ट आउँदैछ। जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले लेखेका छन्, ‘हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकदेखिका अभ्यासहरु सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनुभए पुग्छ ।’

लामिछानेले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, नेपालका लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कूटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका राजालाई नेपालमा ससम्मान स्वागत गर्ने बताएका छन्।

प्रकाशित: ११ वैशाख २०८१ १०:१२ | Tuesday, April 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast