एसीसी प्रिमियर कप : लगातार तेस्रो जितको खोजीमा नेपाल, हङकङसँग भिड्दै

हिमाल प्रेस ३ वैशाख २०८१ ७:०१ | Monday, April 15, 2024
एसीसी प्रिमियर कप :  लगातार तेस्रो जितको खोजीमा नेपाल, हङकङसँग भिड्दै

काठमाडौँ- एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। ​

साविक विजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो।

हङकङ भने साउदी अरबसँग पराजित भएको छ। आइतबार भएको खेलमा साउदीले हङकङलाई ५५ रनले हराएको थियो। पहिलो खेलमा हङकङले कतारलाई २६ रनले पराजित गरेको छ। ​

हङकङविरुद्धको टी-२० क्रिकेटमा नेपालले हालसम्म खेलेका ११ मध्ये ६ खेलमा जित हात पारेको छ भने चार खेल हङकङले जितेको छ। एक खेलमा नतिजाविहीन भएको छ।

पछिल्लो पटक सन् २०२४ को मार्चमा मोङ कोकमा भएको खेलमा हङकङले नेपाललाई ७३ रनले हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ। ​

एसीसी प्रिमियर कपमा नेपाल समूह ’ए’ मा छ। यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स यूएई छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

 

प्रकाशित: ३ वैशाख २०८१ ७:०१ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast