एसीसी प्रिमियर कप : हङकङविरुद्ध आठ विकेटको जित निकाल्दै सेमिफाइनलमा नेपाल

हिमाल प्रेस ३ वैशाख २०८१ १५:२६ | Monday, April 15, 2024
एसीसी प्रिमियर कप : हङकङविरुद्ध आठ विकेटको जित निकाल्दै सेमिफाइनलमा नेपाल

काठमाडौँ- नेपाल एसीसी प्रिमियर कप टी२० क्रिकेट प्रतियोगितको सेमिफाइनलमा पुगेको छ। साविक विजेता नेपालले सोमबार हङकङ चाइनामाथि ८ विकेटको सहज हात पार्दै सेमिफाइनल यात्रा तय गरेको हो। लगातार तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुगेको हो।

यसअघि नेपालले मलेसिया र कतारलाई पराजित गरेको हो। अब नेपालले समूह चरणको अन्तिम खेल ५ वैशाखमा साउदी अरबसँग खेल्नेछ।

ओमानको अल अमिरात मैदानमा ११५ रनको लक्ष्य पाएको नेपालले ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। १८ ओभरमा झारिएको खेलमा पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ५.३ ओभरमा ७० रनको साझेदारी गरेका थिए। १९ बलमा ३२ रन बनाएर भुर्तेल आउट भए भने आसिफ शेखले १८ बलमा ४० रन बनाए। रोहित पौडेलले नटआउट २५ रन बनाए भने सन्दिप जोरा १९ रनमा नटाअउट रहे।

यसअघि नेपालले हङकङलाई ११४ रनमा अलआउट गरेको थियो। जसमा अभिनाष बोहोराले ३ विकेट लिएका थिए भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिएका थिए।

प्रकाशित: ३ वैशाख २०८१ १५:२६ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast