एसीसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल

हिमाल प्रेस १ वैशाख २०८१ ७:५० | Saturday, April 13, 2024
एसीसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल फाइल तस्बिर

काठमाडौँ- एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको नेपालले शनिबार दोस्रो खेल खेल्दैछ।

शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। ओमानमा जारी प्रतियोगितामा शनिबार दिउँसो ४:१५ बजे नेपालले कतारको सामना गर्नेछ।

शुक्रबार मलेसियाविरुद्धको पहिलो जितसँगै नेपालले समूह ‘ए’ मा २ अंक जाडेको छ।

प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले तेस्रो खेल वैशाख ३ गते हङकङसँग र चौथो खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल वैशाख ९ गते हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी-२० एसिया कपका लागि छनोट हुनेछ।

प्रकाशित: १ वैशाख २०८१ ७:५० | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast