एसीसी प्रिमियर कप : नेपालले साउदी अरबलाई ६ विकेटले हरायो

हिमाल प्रेस ५ वैशाख २०८१ १६:०४ | Wednesday, April 17, 2024
एसीसी प्रिमियर कप : नेपालले साउदी अरबलाई ६ विकेटले हरायो

काठमाडौँ – ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।

८ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रन लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूह चरणबाटै घर फर्कन बाध्य भयो।

समूह ‘ए’ बाट हङकङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो। बुधबार नै खेलिएको समूह चरणको आफ्नो अन्तिम खेलमा हङकङले मलेसियालाई सात विकेटले हराएको थियो। बुधबारको खेलमा नेपाललाई हराउन सकेको भए साउदी अरेबिया नेट रन रेटका आधारमा हङकङलाई पछि पार्दै अन्तिम चारमा पुग्ने थियो।

प्रकाशित: ५ वैशाख २०८१ १६:०४ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast