एसीसी प्रिमियर कपकाे फाइनल प्रवेशका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

हिमाल प्रेस ७ वैशाख २०८१ ६:१७ | Friday, April 19, 2024
एसीसी प्रिमियर कपकाे फाइनल प्रवेशका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ।

ओमानमा जारी प्रतियोगितामा नेपाल र यूएईबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ।

त्यसैगरी फाइनल प्रवेशकै लागि आज अर्को खेल हङकङ र ओमानबीच हुनेछ। यी दुई टिमबीचको खेल अपराह्न ४:१६ बजे हुनेछ।

फाइनल खेल आइतबार हुनेछ। सेमिफाइनलमा पराजित हुने टिमले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ७ वैशाख २०८१ ६:१७ | Friday, April 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast