एसीसी प्रिमियर कप : साउदीले दियो नेपाललाई ७४ रनको लक्ष्य

हिमाल प्रेस ५ वैशाख २०८१ १५:११ | Wednesday, April 17, 2024
एसीसी प्रिमियर कप : साउदीले दियो नेपाललाई ७४ रनको लक्ष्य

काठमाडौँ- एसिसी प्रिमियर कप ट्वान्टी- २० क्रिकेट प्रतियोगिता साउदी अरेबियाले नेपालसामू ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित आठ ओभरमा आठ विकेट गुमाउँदै ७३ रनको योगफल तयार पार्यो। वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई आठ ओभरमा झारिएको हो।

साउदीका लागि अब्दुल वाहिदले ३७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि अविनाश बोहरा र करण केसीले समान दुई तथा प्रतिश जिसी र ललितनाराण राजवंशीले समान एक विकेट लिए।

अघिल्ला तीनै खेल जित्दै समूह ‘ए’ को विजेता बनिसकेको नेपाल अपराजित रहँदै सेमिफाइाल पुग्ने सोचमा छ। नेपालले यसअघि मलेसियालाई पाँच विकेट, कतारलाई ३२ र हङकङलाई आठ विकेटले पराजित गरेको थियो।

साउदी अरेबिया पनि नेपाललाई स्तब्ध बनाउँदै सेमिफाइनल सम्भावनालाई जिवितै राख्ने लक्ष्यमा छ। यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो। यसैगरी पछिल्लो खेलमा भने साउदी कतारसँग १५ रनले निरास भएको थियो।

प्रकाशित: ५ वैशाख २०८१ १५:११ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast