एमाले भाइ कांग्रेस बन्ने बाटोमा छ : मोहन वैद्य

हिमाल प्रेस १० वैशाख २०८१ १८:३७ | Monday, April 22, 2024
एमाले भाइ कांग्रेस बन्ने बाटोमा छ : मोहन वैद्य फाइल तस्बिर।

काठमाडौँ- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले एमालेले आफूलाई भाइ कांग्रेस बनाउन नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक जयन्ती मनाएको टिप्पणी गरेका छन्।

सोमबार १५५ औँ लेनिन जयन्तीका अवसरमा पार्टीले आयोजना गरेको ‘साम्राज्यवादी युगमा लेनिनवादको महत्त्व’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले एमाले गतिलो भाइ कांग्रेस बन्न हीरक जयन्ती मनाएको टिप्पणी गरेका हुन्।

उनले एमालेले हीरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्य सत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको बताए। अध्यक्ष वैद्यले सत्तामा रहेका एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको बताए। उनले कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै सत्तामा भएका कम्युनिस्ट पार्टीहरू दक्षिणपन्थी अवसरवादी धारमा रहेको बताए।

अध्यक्ष वैद्यले सत्तामा रहेका कम्युनिस्ट पार्टी र कांग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नभएको बताए। उनले सत्ताधारी कम्युनिस्टहरूले नेपालको वामपन्थी जनमतलाई भ्रममा पार्न मात्रै कम्युनिस्ट नाम राखेको बताए।
अध्यक्ष वैद्यले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भन्दै एकीकृत गर्दै लगिने बताए।

प्रकाशित: १० वैशाख २०८१ १८:३७ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast