एमालेले महिला राष्ट्रिय भेला गर्ने, विद्या भण्डारी प्रमुख अतिथि

हिमाल प्रेस ८ वैशाख २०८१ १३:०३ | Saturday, April 20, 2024
एमालेले महिला राष्ट्रिय भेला गर्ने, विद्या भण्डारी प्रमुख अतिथि

काठमाडौँ- नेकपा एमालेले जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

भेला व्यवस्थापनका लागि अखिल नेपाल महिला संघका अध्यक्ष टुकादेवी हमालका संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ।

पार्टीका स्थायी कमिटी सदस्य एवं जनसंगठनका संयोजक भानुभक्त ढकालले समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेलाको प्रमुख अतिथि रहने र अध्यक्ष केपी शर्मा ओलीले भेलाकोे समापन गर्ने जनाइएको छ।

भेला व्यवस्थापन समितिको सचिवमा पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश जनसंगठन समन्वय संयन्त्र संयोजक रचना खड्का रहेकी छन्।

यसैगरी नेपाल बुद्धिजीवी परिषदका इञ्चार्ज विद्या भट्टराईसहित अनेमसंघका महासचिव पेम्बा लामा, अन्य जनसङ्गठनका तर्फबाट जमुना वर्षा शर्मा, सरिता भुसाल, सीता लामा, मन्दिरा श्रेष्ठ, भवानी बजगाई, नन्दा बस्याल र शारदा खनाल सदस्य छन्।

प्रकाशित: ८ वैशाख २०८१ १३:०३ | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast