एमालेले बोलायो सचिवालय बैठक

हिमाल प्रेस ३० चैत २०८० १३:५० | Friday, April 12, 2024
एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ– नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ। बैठक आउँदो वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी गर्न बैठक बस्न लागेको गौतमले बताए। उनका अनुसार महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते बस्नेछ। उक्त बैठक ललितपुरको गोदावारीस्थित सनराइज हलमा बस्ने बताइएको छ।

प्रकाशित: ३० चैत २०८० १३:५० | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast