‘एमालेले कांग्रेसलाई गाली गर्‍यो, मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकेन’

हिमाल प्रेस १० वैशाख २०८१ १५:१२ | Monday, April 22, 2024
‘एमालेले कांग्रेसलाई गाली गर्‍यो, मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकेन’ शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले तत्कालीन महासचिव मदन भण्डारीको हत्यारा पत्ता लगाउन चासो नदिएको गम्भीर आरोप लगाएका छन्। कम्युनिष्ट पार्टीको हिरक जयन्तीको अवसर पारेर एमालेले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कांग्रेसलाई जति गाली गरे पनि एमालेले पटक-पटक सरकारको नेतृत्व गर्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको बताएका हुन्।

‘म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई गाली गर्नसम्म गर्नुभयो। अब मैले जवाफ दिन परिहाल्यो,’ देउवाले भने,’मलाई गाली गरेको गर्‍यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन ? मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस्। मदन भण्डारीको ड्राइभर पनि मारियो। मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन?’

देउवाले मदन पत्नी विद्यादेवी भण्डारी दुईपटक राष्ट्रपति बन्दा पनि हत्यारा पत्ता किन नलगाएको भन्दै प्रश्न गरे। उनले प्रश्न गर्दै भने, ‘कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नुभएन ? दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो पत्ता लगाउनुपर्‍यो तपाईंहरूले।’

प्रकाशित: १० वैशाख २०८१ १५:१२ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast