एमालेको विजय र्‍यालीमा ओली पनि सहभागी हुने

हिमाल प्रेस १८ वैशाख २०८१ ८:३६ | Tuesday, April 30, 2024
एमालेको विजय र्‍यालीमा ओली पनि सहभागी हुने

काठमाडौँ- इलामको प्रतिनिधिसभा २ मा विजयी भएसँगै नेकपा एमालेले आज विजय र्‍याली गर्दैछ।

इलाम बजारमा दिउँसो एक बजे हुने सभामा पार्टी अध्यक्ष केपी ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ।

इलाम बजारको सभा सकेपछि नवनिर्वाचित संघीय सांसद सुहाङ नेम्बाङ इलाम २ का सबै पालिकामा मतदातालाई धन्यवाद ज्ञापनका लागि पुग्नेछन्।

एमाले उम्मेदवार नेम्वाङ २७ हजार सात सय ७२ मतसहित इलाम २ मा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन्।

 

प्रकाशित: १८ वैशाख २०८१ ८:३६ | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast