एमालेको बैठकमा प्रचण्ड र देउवाले सम्बोधन गर्ने

हिमाल प्रेस ९ वैशाख २०८१ ९:३२ | Sunday, April 21, 2024
एमालेको बैठकमा प्रचण्ड र देउवाले सम्बोधन गर्ने

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज सकिँदैछ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आजसम्म चल्ने उक्त बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी रहेको एमालेले जनाएको छ।

बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शनिबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । यसपछि महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।

बैठकमा मिसन ग्रासरुट, झुलाघाट-चिवाभञ्याङ संकल्पयात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने महासचिव पोखरेलले बताए।

यस्तै एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसर पारेर वैशाख १० गते हीरक महोत्सव मनाउन लागेको छ।

प्रकाशित: ९ वैशाख २०८१ ९:३२ | Sunday, April 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast