काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ।
शनिबार राति भएको खेलमा चेल्सीमाथि १–० को जित निकाल्दै सिटीले उपाधि भिडन्त पक्का गरेको हो।
सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
केभिन डी ब्रुइनले बक्स भित्रबाट नै गरेको क्रस चेल्सी गोलरक्षक जोर्डजे पेट्रोभिचले क्लियर गर्न खोजेपछि सिल्भाको खुट्टामा पुगेको थियो। सिल्भाको प्रहार सहजै गोलमा परिणत भएको थियो।
सिटीले आज हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग फाइनल खेल्नेछ। गत संस्करणको फाइनलमा सिटीले युनाइटेडलाई २९१ ले हराउँदै उपाधि जितेको थियो।
प्रकाशित: ९ वैशाख २०८१ ६:४१ | Sunday, April 21, 2024
प्रतिक्रिया




