एफए कप : कोभेन्ट्रीमाथि म्यानचेस्टर युनाइटेडको जित, उपाधिका लागि सिटीसँग भिड्ने

हिमाल प्रेस १० वैशाख २०८१ ६:४२ | Monday, April 22, 2024
एफए कप : कोभेन्ट्रीमाथि म्यानचेस्टर युनाइटेडको जित, उपाधिका लागि सिटीसँग भिड्ने

काठमाडौँ- कोभेन्ट्री सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ।

दोस्रो डिभिजनको टोली कोभेन्ट्री सिटीलाई टाईब्रेकरमा हराउँदै युनाइटेडले उपाधिका लागि सिटीसँगको भेट पक्का गर्‍यो।

निर्धारित समय र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो। ३ गोलको अग्रता लिएर पछि ३ गोल खाएको युनाइटेड अन्त्यमा जित निकाल्दै लगातार दोस्रो पटक एफए कपको फाइनल पुगेको हो।

खेलको २३औं मिनेटमा स्कट मक्टोमीनेको गोलबाट युनाइटेडले खेलमा अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा ह्यारी मग्वायरले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि ५८औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेडको अग्रता ३-० बनेको थियो।

बलियो अवस्थामा रहेको खेलमा भने युनाइटेडले ३ गोल खान पुग्यो। ७१औं मिनेटमा एलिस सिम्सले कोभेन्ट्रीका लागि पहिलो गोल गरेका थिए। यस्तै ७९औं मिनेटमा क्यालम ओ’हारेले दोस्रो गोल गरे।

तेस्रो गोल भने इन्ज्युरी समयमा पेनाल्टी मार्फत आएको थियो। एरन वान बिस्साकाले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा हाजी राइटले कुनै गल्ती गरेनन्।

टाईब्रेकरमा भने युनाइटेड सुरुवातमा नै पछि परेको थियो। कासेमिरोको पेनाल्टी सुरुवातमै ब्राड्ली कोलिन्सले बचाएका थिए । तर त्यसपछि कोभेन्ट्रीका दुई खेलाडी पेनाल्टीमा गोल गर्न चुके।

युनाइटेडले फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ।

प्रकाशित: १० वैशाख २०८१ ६:४२ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast