‘एक मुठ्ठी बादल’को छायांकन सकियो

हिमाल प्रेस २ वैशाख २०८१ १२:२७ | Sunday, April 14, 2024
‘एक मुठ्ठी बादल’को छायांकन सकियो

काठमाडौँ-  फिल्म ‘एक मुठ्ठी बादल’ को छायांकन सकिएको छ। पोखराका लामाचौर र आसपासका ठाउँमा २२ दिनमा फिल्मको छायांकन सकिएको हो।

साहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्मको कथा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका महिलाको कथामा आधारित छ। विद्यमान लैङ्गिक असमानता र असन्तुलनलाई फिल्मको विषयवस्तु बनाएको निर्माण टिमले जनाएको छ।

महिला कलाकारलाई नै मुख्य भूमिकामा रहेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारीलगायत कलाकारको अभिनय छ।

भियतनामकी लिन ड्यानले छायांकन गरेको फिल्ममा प्रोडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स छन्।

निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेका चलचित्रलाई अभिमन्यु दीक्षित, अनुप पौडेल, र सामीप्यराज तिमल्सेनाले संयुत्त रुपमा निर्माण गरेका हुन्। गौँथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्म अर्को वर्ष प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।

प्रकाशित: २ वैशाख २०८१ १२:२७ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast