उपनिर्वाचन : चुनाव प्रचारमा इलामको चुलाचुली जाँदै

हिमाल प्रेस १२ वैशाख २०८१ ९:०० | Wednesday, April 24, 2024
उपनिर्वाचन : चुनाव प्रचारमा इलामको चुलाचुली जाँदै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चुनावी आमसभालाई सम्बोधन गर्न इलामको चुलाचुली जाँदैछन्।

अध्यक्ष ओली अहिले बिहान ११ बजेको जहाजबाट भद्रपुर अवतरण गरेर चुलाचुलीतर्फ जानेछन्। बैशाख १५ गते हुने उपनिर्वाचनमा एमाले माओवादी गठबन्धनले आज दक्षिण इलामको चुलाचुलीमा आमसभाको आयोजना गरेको छ।

अध्यक्ष ओलीले अस्ती ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गरेका छन्।

गत भदौको २६ गते यस क्षेत्रबाट निर्वाचित सांसद एवं एमालेका उपाध्यक्ष सवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको यस क्षेत्रमा अहिले एमालेका तर्फबाट सुहाङ नेम्वाङ प्रतिस्पर्धामा छन्।

एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज दमक स्थित आफ्नो निवासमा बस्नेछन्।

आज साँझका बसै भेटघाट इलामका नेता तथा कार्यकर्ता केन्द्रित गरिने भएको छ।

अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण शक्ति यस निर्वाचनमा केन्द्रित गर्न नेता कार्यकर्तालाई पटकपटक निर्देशन दिएका छन्। अध्यक्ष ओली भोलि बिहान भद्रपुर विमानस्थलबाट काठमाडौं फर्किने कार्यक्रम छ।

प्रकाशित: १२ वैशाख २०८१ ९:०० | Wednesday, April 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast