उपनिर्वाचन : आज राति १२ बजेबाट प्रचारप्रसार बन्द

हिमाल प्रेस १२ वैशाख २०८१ ७:२१ | Wednesday, April 24, 2024
उपनिर्वाचन : आज राति १२ बजेबाट प्रचारप्रसार बन्द

काठमाडौँ- वैशाख १५ मा हुने प्रतिनिधिसभातर्फ इलाम-२ र प्रदेशतर्फ बझाङ-१ को १ मा उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ।

आज राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार मौन अवधिमा प्रचार गर्न पाइँदैन।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन।

इलाम २ मा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन्। दुवै क्षेत्रमा वैशाख १५ गते निर्वाचन हुँदैछ।

प्रकाशित: १२ वैशाख २०८१ ७:२१ | Wednesday, April 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast