उपनिर्वाचनमा सहयोग पुर्‍याउन सरकारलाई निर्वाचन आयोगको आग्रह

हिमाल प्रेस ६ वैशाख २०८१ २०:१५ | Thursday, April 18, 2024
उपनिर्वाचनमा सहयोग पुर्‍याउन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ- निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न/गराउन नेपाल सरकारलाई सहयोगको आग्रह गरेको छ।

उपनिर्वाचन हुने जिल्लामा विद्युत्, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, दमकल जस्ता सेवा तन्दुरुस्त राख्न र निर्वाचन क्षेत्रमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीलाई सुरक्षित कार्यसम्पादन गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज (बिहीबार) जारी विज्ञप्तिमा सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ।

प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचन सम्पन्न गर्न गत चैत २८ गतेदेखि आचारसंहिता लागू भएको छ।

प्रकाशित: ६ वैशाख २०८१ २०:१५ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast