काठमाडौँ– इलाम-२ मा मतदान जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो तीन बजेसम्म झन्डै ५० प्रतिशत मत खसिसकेको जानकारी दिएको छ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेको भनाइमा शान्तिपूर्ण रूपमा मतदान जारी छ। दिउँसो तीन बजेसम्म झन्डै ५० प्रतिशत मत खसेको छ।
मतदान सकिएपछि सर्वदलीय बैठक बसेर गणना सुरु गरिने उनले जानकारी दिए। आज इलाम–२ सँगै बझाङ–१ प्रदेशसभा १ (क)मा पनि उपनिर्वाचन जारी छ।
प्रकाशित: १५ वैशाख २०८१ १५:५४ | Saturday, April 27, 2024
प्रतिक्रिया





