इलाम-२ : दुई हजार मतगणना सकिँदा कांग्रेसको अग्रता कायमै

हिमाल प्रेस १६ वैशाख २०८१ १५:३५ | Sunday, April 28, 2024
इलाम-२ : दुई हजार मतगणना सकिँदा कांग्रेसको अग्रता कायमै

काठमाडौँ- इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना गरिँदा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ। यी दुई वडामा दुई हजार ८३९ मत खसेको थियो। कांग्रेस उम्मेदवार डम्बर खड्का ८२ मतान्तरले अगाडि छन्। यी दुई वडाबाट खड्काले एक हजार १४५ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत ल्याएका छन्।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम रहेका छन्। मुढा चिह्नका थेगिमले ३११ मत पाएका छन्। चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले २०९ मत ल्याएका छन्।

प्रकाशित: १६ वैशाख २०८१ १५:३५ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast