इलाम मतगणना : सुरूवाती अग्रता कांग्रेसलाई

हिमाल प्रेस १६ वैशाख २०८१ १४:५९ | Sunday, April 28, 2024
इलाम मतगणना : सुरूवाती अग्रता कांग्रेसलाई गणनाका लागि राखिएको मतपत्रको थुप्रो।

इलाम- इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको मतगणना जारी छ। १५४१ मत फाकफोकथुम १ नम्बर मतगणना हुँदा कांग्रेस अघि लागेको छ। कांग्रेस उम्मेदवार डम्बर खड्काले उम्मेदवार ले ६५७ मत प्राप्त गरेका छन्। दोस्रो नम्बरमा एमालेले ५३४ मत प्राप्त गरेको छ। उसका उम्मेदवार सुहाङ नेम्वाङ रहेका छन्।

इलाम क्षेत्र नम्बर २ मा केही समय अघिबाट मतगणना सुरू भएको हो। यहाँ १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस्तै रास्विा उम्मेदवार मिलन लिम्बुले ११५ मत फ्याउँदा स्वतन्त्र उमेवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत ल्याएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि इलाममा बैशाख १५ गते उपनिर्वाचन भएको हो। संविधानसभा अध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध समभागृहमा मतगणना भइरहेको छ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन्। इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन्।

प्रकाशित: १६ वैशाख २०८१ १४:५९ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast