इलाममा जसपाले स्वतन्त्र थेगिमलाई समर्थन गर्ने, बझाङमा आफ्नै उम्मेदवार

हिमाल प्रेस २२ चैत २०८० १४:५५ | Thursday, April 4, 2024
इलाममा जसपाले स्वतन्त्र थेगिमलाई समर्थन गर्ने, बझाङमा आफ्नै उम्मेदवार डकेन्द्र थेगिम

काठमाडौँ- सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले इलाम क्षेत्र नम्बर २ मा पहिचानवादीतर्फका स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए।

त्यस्तै, बझाङ–१ ‘क’ मा आफ्नै पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरिएको छ। रामबहादुर जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरिएको प्रवक्ता सुमनले जानकारी दिए। वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ता हुँदैछ।

त्यस्तै, बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ रिक्त रहेको पदमा हसिना खानलाई सांसद बनाउने निर्णय गरेको छ। खानलाई सांसद बनाउन निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको उनले जानकारी दिए। बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

प्रकाशित: २२ चैत २०८० १४:५५ | Thursday, April 4, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast