इन्द्रचोकमा १२ बर्षे सिकाली अजिमा नाच [फोटो फिचर]

दिपेश श्रेष्ठ १४ वैशाख २०८१ १४:०५ | Friday, April 26, 2024
इन्द्रचोकमा १२ बर्षे सिकाली अजिमा नाच [फोटो फिचर]

काठमाडौँ- इन्द्रचोकमा रूद्रायणी देवीको १२ बर्षे सिकाली जात्राको नाच प्रदर्शन गरिएको छ। हिजो बैशाख १३ गते बिहीबार बेलुका आठ बजे सुरु भएको नाच आज १४ गते शुक्रबार सांझ ५ बजेसम्म चल्ने छ। प्रत्येक १२ बर्षमा हुने यो नाच ऐतिहासिक पुरानो नेवार बस्ती खोकनाका साथै ललितपुर र काठमाडौँका विभिन्न स्थानमा पनि मनाइन्छ।

२०८० मङ्सिर १३ गते ललितपुरको खोकनाबाट बाहिरिएको यो जात्राको नाच पाटनको विभिन्न स्थानमा प्रदर्शनपछि माघ २० गते खोकना फर्केको थियो। रुद्रायणी देवी १२ बर्षे जात्राको नाचका लागि सिकाली देवगणहरू गत चैत्र २२ गते काठमाडौंको पचली आइपुगेका थिए। काठमाडौँको पचली, मचली, पुखुसी, चल्खु, स्वताःमुगः, शिकाली, ह्युमत, तुकंबहाः, प्याफः, मखन, हनुमानढोका, नासल चोकमा नचाइएको थियो।

सिकाली जात्रामा देवगणको पहिरन र मुकुण्डो लगाएर रोग, भोक, विपत्ति नास होस् भन्ने कामना गरी काली, विष्णु, भैरव, महादेव, रुद्रायणी, गणेश, हनुमान, कुमार, ब्रह्मा, इन्द्रायणी, महाकाली, कुमारी र बाराही देवगणका रूपमा सहभागी भै नृत्य गर्ने परम्परा रहेको छ।

प्रकाशित: १४ वैशाख २०८१ १४:०५ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast