आयरल्यान्ड ‘ए’ ले दियो नेपाललाई २८५ रनको लक्ष्य

हिमाल प्रेस २५ चैत २०८० १३:२०
आयरल्यान्ड ‘ए’ ले दियो नेपाललाई २८५ रनको लक्ष्य

काठमाडौँ- स्टेफन डाेहिनीको शतकप्रेरित आयरल्यान्ड ‘ए’ ले एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल‘ए’ सामू २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टर जितेर ब्याटिङ रोजेको आयरल्यान्ड‘ए’ ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २८४ रनको योगफल तयार पार्‍यो।

आयरल्यान्डका लागि डोहिनीले १२९ बलमा आठ चौका र दुई छक्काको मद्दतले १०७ रनको योगदान गरे। यसैगरी पिटर मोरले ४४, म्याथ्यु हम्प्रेसले २३, मोर्गन टोपिङले २१, फिओन ह्यान्डले २०, बेन ह्वाइटले अविजित १९ र गाभिन होयले १४ रन बनाए।

नेपाल ‘ए’का लागि रिजन ढकालले र रन्जित कुमारले समान तीन तथा विकस आग्री र शाहब आलमले समान एक विकेट लिए।

प्रकाशित: २५ चैत २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast