आफ्नै वडामा पछिपरे मिलन लिम्बु, सुहाङले ५ सय कटाउँदा मिलनको ९६ मत

हिमाल प्रेस १७ वैशाख २०८१ ९:४९ | Monday, April 29, 2024
आफ्नै वडामा पछिपरे मिलन लिम्बु, सुहाङले ५ सय कटाउँदा मिलनको ९६ मत

काठमाडौँ- इलाम-२ मा अहिले मतगणना जारी छ। हालसम्म दुई गाउँपालिकाको मतगणना सकेर अर्काे पालिकाको सुरु भएको छ।

अहिलेसम्मको नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ९ हजार ४८४ मतले अगाडि छन्। उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ६३१ मतले पछ्याइरहेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ९५१ मत ल्याएका छन्। यस्तै रास्वपाका मिलन लिम्बुले १ हजार ४०१ मत ल्याएका छन्।

पछिल्लो मतगणना माङसेबुङ २ को गरिएकफ थियो। माङसेबुङ २ इभाङ मिलन लिम्बुको वडा हो।

उनले यहाँ निकै मत प्राप्त गर्ने अनुमान थियो। तर इभाङमा पनि एमालेका सुहाङले ५८६ मत ल्याउँदा नेपाली कांग्रेसका डम्बरले ३५१ मत ल्याए। यस्तै स्वतन्त्र उम्मेदवार थेगिमले ३१७ मत ल्याए।

यस्तै मिलनले ९६ मत मात्र मत प्राप्त गरे। अब माङसेबुङ ३ र ४ को मत गणना सुरु गरिएको छ। यो क्षेत्रमा एमाले र पहिचानवादीको प्रतिस्पर्धा चल्ने अनुमान गरिएको छ।

प्रकाशित: १७ वैशाख २०८१ ९:४९ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast