आज इद मनाइँदै

हिमाल प्रेस २९ चैत २०८० ६:५३ | Thursday, April 11, 2024
आज इद मनाइँदै फाइल तस्बिर

काठमाडौँ- इस्लाम धर्मावलम्बीले बिहीबार इद-उल फित्र (इद) मनाउँदै छन्। तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो।  बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए।

मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन्। रमजानलाई पवित्र महिना मानिन्छ। ‘जकात (दान) यही महिनामा दिइन्छ’, उनी भन्छन्, ‘हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ।’

इद-उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कुल जनंख्याको ५.९ प्रतिशत छ। सरकारले इदका अवसरमा सार्वजनिक बिदा दिएको छ।

प्रकाशित: २९ चैत २०८० ६:५३ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast