आईपीएल : राजस्थानले पन्जावलाई हरायो

हिमाल प्रेस २ वैशाख २०८१ ७:०६ | Sunday, April 14, 2024
आईपीएल : राजस्थानले पन्जावलाई हरायो

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाव किङ्सलाई ३ विकेटले पराजित गरेको छ। तालिकाको शीर्षमा कायम छ।

१४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो।

टोलीका लागि यसस्वी जैसवालले सर्वाधिक ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाएका थिए। सिमरोन हेटमेरले नटआउट २७ रन बनाए।

पन्जावका लागि कागिसो राबडा र साम करनले समान २ विकेट तथा अर्सदीप सिंह, लिम लिभिङटन र हर्सल पटेलले समान १ विकेट लिएका थिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ४७ रन बनाएको थियो।

टोलीका लागि अशुतोष शर्माले सर्वाधिक ३१ रन जोड्नुबाहेक अन्यको प्रदर्शन राम्रो रहेन, राजस्थानका लागि अभेश खान, केशव महाराजले समान २ विकेट तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजभेन्द्र चाहालले समान १ गोल गरेका थिए।

६ खेलपछि राजस्थान १० अंकका साथ शीर्षस्थामा छ। दोस्रो स्थानको कोलकाता नाइट राइडर्ससहित ५ टोलीको समान ६ अंक छ। ४ अंकसहित पन्जाव आठौं स्थानमा छ।

प्रकाशित: २ वैशाख २०८१ ७:०६ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast